विदुर - सनराइज बैंकले नुवाकोटको विदुर नगरपालिकास्थित बट्टारमा १२८औं शाखा सञ्चालनमा ल्याएको छ ।
आज बैंकको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडा, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा गरेका छन् ।
त्यस्तै, बैंकले आईतबार रसुवाको टिमुरेमा १२७औं शाखा खोलेको छ । शाखाको उद्घाटन भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा गरेका छन् ।
हालसम्म सनराइज
बैंकले १२८ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४८ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।