विदुर / त्रिदेशीय छोटो मार्गको रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक अवरुद्ध भएको छ । अविरल वर्षाको कारण बन्द भएको सडक सञ्चालमा आएको एक दिनमै पुनः अवरुद्ध भएको हो ।
सडकको विभिन्न स्थानमा पहिरो गएपछि वर्षात्को समय भरी वेत्रावति हुँदै मैलुङ स्याफ्रुवेशी सडकमा सवारी साधन सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
वर्षातको समयभरी वेत्रावति कालिकास्थान धुन्चे हुँदै स्याफ्रुवेसी रसुवागढी मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको हो । वर्षातले वाढी आएर सो कच्ची सडकमार्गको ह्युमपाइप बगाएपछि अवरुद्ध भएको