धुन्चे / छिमेकी देश चीनसँगको ब्यापारिक नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ ।
दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बन्दरगाह निर्माणको लागि १ सय ५० देखि १ सय ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ८ हेक्टर क्षेत्रफलमा फैलिने बन्दरगाहमा करिब ३ सय ५० वटा मालबाहक कन्टेनर अटाउने छन् । २ वटा जाँचपास स्थल, एउटा गोदामका साथै पाँचतले प्रशासनिक भवन हुने छ ।
चीनको केरुङ नाकालाई अझै व्यवस्थित र व्यापारिक नाकाको रुपमा अघि बढाउन