रसुवा / संविधान दिवसको अवसरमा उत्तरगयाधाम क्षेत्र सरसफाई र बेत्रावतीमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
पवित्र तिर्थस्थल उत्तरगयाधाममा परिसरस्थित पैदल मार्ग, सिंढी, खोलाको किनार सरसफाई गरिएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । त्यस्तै, साँझ बेत्रावती बजारमा मैनबत्ती प्रज्वलन गरिएको अध्यक्ष लम्सालले बताउनुभयो ।
कार्यक्रममा गाँउपालिका उपाध्यक्ष, सरकारी कर्मचारी, नेपाल प्रहरी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।