फाईल फोटो
रसुवा / बाघको दाह्रासहित दुई व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
बाघको दाह्रा चीन निकासी गर्न खोजेको अभियोगमा नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-३ बस्ने वर्ष ४२ का मङ्गलबहादुर घले र रसुवा गोसाईकुण्ड गाउँपालिका-२ बस्ने ५३ वर्षीय कामी तामाङ रहेका छन् ।
आठ सेन्टीमिटर लामो चार थान दाह्रा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइ ओखेटोपहार मुद्दाअन्तर्गत अनुसन्धान जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।