रसुवा । रसुवामा ४२ प्रतिशत रोपाइँ सकिएको छ । समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो । जिल्लामा एक हजार नौ सय तीन हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
गत वर्ष बाढी र पहिरोको कारण धान उत्पादन घटेको थियो । जिल्लामा गत वर्ष तीन हजार चार सय २५ मेट्रिक टन धान उत्पादन भएको छ । आर्थिक वर्ष २०७२/७३ मा तीन हजार चार सय २९ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।