रसुवा । महिलामाथि हुने हिंसाबाट बच्न रसुवाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ ।
जिल्ला खेलकुद बिकास समिति रसुवाको समन्वयमा राष्ट्रिय खेलकुद परिषदले किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।
"महिलाहिंसा विरुद्ध हाम्रो संकल्प खेलकुदमा महिला सहभागिता उत्तम बिकल्प" भन्ने नाराका साथ राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम अन्तर्गत सोमबारबाट सदरमुकाम धुन्चेमा सञ्चालन भएको तालिम बुधबार सकिएको हो ।
तालिममा जिल्लाका ५ वटा बिद्यालयमा अध्ययनरत कक्षा ९ र १० मा अध्ययनरत ५० जना छात्राहरु सहभागि भएका छन्