रसुवा । रसुवाको आमाछोदिङमो गाँउपालिका–५ सिम्बुमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मोरङ घर भएका ४५ वर्षीय शिवगंज राजवंशी र दाङ घर भएका २४ वर्षीय विकास घर्तीको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका दुई जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।
सिउ तुण्डी कन्ट्रक्सनबाट हाईड्रो पावरको केमिकल लिएर बज्र कन्सट्रक्सन जाने क्रममा मंगलबार बेलुकी ८ बजे उक्त जिप अनियन्त्रित भएर सडकबाट