रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले दुई पटकसम्म दर्ता नवीकरणका लागि सूचना प्रकाशन गरेपछि ३४ वटा गैरसरकारी संस्थाले दर्ता नवीकरण गरेका छन्।
असार २१ गते बिहिबारसम्म ३४ वटा संस्थाले दर्ता नवीकरण गरेका र १२ वटा सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । संस्था दर्ता ऐन २०३४ अनुसार रसुवामा चार सय १८ वटा गैरसरकारी संस्था दर्ता भएका छन् ।
गैरसरकारी संस्थाको रुपमा दर्ता भएका संघ संस्थाहरु (यातायात व्यवसायी सम्बन्धि संघ संस्था बाहेक) मध्ये अधिकांश संघसंस्थाहरुले बार्षिक रुपमा नवीकरण नगरेको