रसुवा/कुनै पनि पर्व र उत्सवमा सल्लो र उत्तिसका बिरुवा रोपण हुने उत्तरी रसुवामा पहिलोपटक आज अंगुरका बिरुवा रोपण गरिएको छ ।
विश्व वातावरण दिवसका अवसरमा जिल्ला वन र जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयको हाताभित्र अंगुर, अंजिर र कागतीका बिरुवा रोपण गरिएको हो । जिल्लाका अन्य कार्यालयमा समेत बिरुवा रोपण गरिएको छ ।
‘एक कर्मचारी, एक फलफूल बिरुवा रोपण’ अभियानलाई सार्थक पार्न अंगुरको ६७, अंजिर ३५ र कागतीको १०० वटा बिरुवा रोपण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले