शनिबार, माघ १२, २०८१ | Saturday 25th January 2025
जोडिनुहोस

जेठ महिनाभरि गोसाइँकुण्डमा मेला

  • लाङटाङ संवाददाता बुधबार, जेष्ठ ९, २०७५ | May 23, 2018

रसुवा/पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ ।

स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन् ।

पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने, परिवारजनमा सुख शान्ति मिल्ने र धनधान्य हुने धार्मिक विश्वास रहिआएको बताइएको छ ।

यही जेठ २ गतेबाट गंगा दशहारा पर्व

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना