नुवाकोट/रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएको हो । अहिले उहाँको खोरमा ७० भन्दा बढी बाख्रा छन् । दुई दशकको अवधिमा उहाँले २०० भन्दा बढी बाख्रा बिक्री गरिसक्नुभएको छ ।
“आम्दानी राम्रै भएको छ, घर चलाउन अरु केही गर्नु परेको छैन,” तामाङले भन्नुभयो, “लगानी पनि धेरै गर्नु