नेपाल शान्ति एवं विकास केन्द्रको सोह्रौँ वार्षिक साधारणसभा शङ्खवाद्य तालिम र विभिन्न व्यक्तित्वलाई सम्मानलगायत कार्यक्रम गरी शनिबार नुवाकोटमा सम्पन्न भएको छ । केन्द्रले सामुदायिक रेडियो ‘नुवाकोट एफएम १०६.८’ पनि सञ्चालन गर्दै आएको छ । सो अवसरमा संस्थाका सचिव श्रीराम अधिकारीले प्रस्तुत गर्नुभएका आर्थिक वर्ष २०८० /०८१ कोे प्रगति प्रतिवेदन तथा आव २०८१/२०८२ का लागि प्रस्तावित कार्यक्रम पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष शिवप्रसाद न्यौपानेका अध्यक्षतामा बट्टार बजारमा भएको उद्घाटन कार्यक्रममा नेपालमा