नुवाकोटको दानसीङमा प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। तारकेश्वर गाउँपालिका– १ मा निर्माण भएको प्रहरी चौकी भवनको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णु कुमार केसीले उद्घाटन गरेका हुन्। भवनको उद्घाटन गर्दै केसीले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए। उनले प्रहरी आफैँलाई पनि काममा उच्च मनोबल प्राप्त हुने र नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठूलो भूमिका हुने बताए। आफ्नै जग्गामा जि पि बिल्ड्स कम्पनीले दुई करोड १७ लाख ९० हजार