नुवाकोट /
नेपाल शान्ति एवम् विकास केन्द्रले सचालन गरेको जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएम १०६.८ ले शंख बजाउन तालीम दिने भएको छ । ९ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाइ तालिम दिन लागिएको आयोजक सस्थाले जानकारी दिएको छ ।
संस्थाको १६ औ साधारण को अवसर पारेर २०८१ साउन ७ गतेदेखि १२ गतेसम्म विदुर नगरपालिका बडा नम्बर ५ देवीघाट, ४ को हावाघर र १ को त्रिशुली बजारमा दक्ष प्रशिक्षकले प्रशिक्षण दिनेछन्। तालिममा
७० जना भन्दा बढी किशोर किशोरीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहभागी सख्याको आधारमा तालिम दुई वा तीन समूहमा आयोजना गरिनेछ। तालिमका सहभागीले प्रमागपत्र तथा उत्कृष्ट हुने सहभागीलाई पुरस्कारको पनि व्यवस्था गरिएको रेडियोका स्टेसन सचिव श्रीराम अधिकारीले जानकारी दिए ।