सोमवार, साउन ७, २०८१ | Monday 22nd July 2024
जोडिनुहोस

बेलकोटगढी वडा नं १२ का महिलाहरुलाई धुप बनाउने र मुगाको माला तालिम प्रदान,

  • लाङटाङ न्युज सोमवार, असार २५, २०८१ | July 8, 2024

बेलकोटगढी वडा नं १२ का महिलाहरुलाई धुप बनाउने र मुगाको माला तालिम प्रदान गरिएको छ । जनजाग्रीत महिला विकास सस्था बेलकोटगढीको समन्वय तथा बेलकोटगढी नगरपालिका वडा नं १२ को आर्थिक सहयोगमा उक्त वडाका महिलालाई चार दिने बाटेको धुप र मुगा बनाउने तालिम प्रदान गरिएको जनजाग्रीत महिला विकास संस्थाकी अध्यक्ष देवकी नेपालले जानकारी

दिनुभयो । उहाँका अनुसार तालिममा ४५ जना महिलाहरुको सहभागिता रहेको थियो । महिलाहरुले उक्त तालिममा धुप बनाउन सिकेको नेपालले जानकारी दिनुभयो । वडाको एक लाख सहयोगमा उक्त तालिम प्रदान गरिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको अध्यक्ष नेपालले नुवाकोट पुकारलाई बताउनुभयो । राजनीतिक र सामाजिक रुपमा सक्रिय रहँदै आउनु भएकी नेपालको सक्रियतामा संस्थाले यसअघि पनि महिलाहरुलाई माला बनाउने, सिलाई बुनाई जस्ता स्वरोजगार मुलक तालिम प्रदान गर्दै आएको बताइएको छ । उक्त संस्थालाई वडा कार्यालयले दुई लाख बराबरको टेबल, कुर्सी मेच दराज र ५० थान प्लाष्टिकका कुर्सी सहित फर्निचरका सामाग्री समेत सहयोग गरेको बताइएको छ । घरमा समय खेर फालेर बस्नु भन्दा यस्ता तालिमबाट फुर्सदको सयमा पनि कामआम्दानी गर्न सकिने भएकाले यस्तो तालिममको महत्व सहभागिहरुले बताएका छन् ।

अध्यक्ष नेपालको सभापतित्व तथा नागरिक समाज नुवाकोटका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष डिल्लीराम सिलवालको विशेष आतिथ्यतामा समापन भएको कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि त्रिपाठीले यस्ता तालिमबाट महिलाहरुलाई स्वरोजगार बन्न ठुलो सहयोग पुगेको भन्दै तालिमको सहि रुपमा सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना