रसुवाको कालिका गाउपालिका वडा नम्वर २ को पन्चमीटारमा पञ्जे बाजा सहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
जलवायुमैत्री कृषि,, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न गरिएइको ाको संयुक्त आयोजनामा पञ्जे बाजा सहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।
धान दिवसलाई बागमति प्रदेशका सदस्य ईन्द्र
गौतम, जिल्ला समन्वय प्रमुख अशोक कुमार घिमिरे , कालिका गाउ पालिका अध्यक्ष हरकृण्ण देवकोटाले सयुक्त रुपमाले उद्घाटन गरेका हुन् ।धान दिवस तथा रोपाइँ महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै बागमति प्रदेश सदस्य गौतमले मानव उत्पतिको विकाससँगै धान खेती सुरु भएको बताए । पछिल्लो समय प्रविधिको विकास भएसँगै आधुनिक खेतीतर्फ लाग्नु पर्ने प्रदेश सदस्य गौतमको भनाई छ ।
कार्यक्रममा बागमति प्रदेश सभा सांसद इद्र गौतमले यो कार्यक्रम किसानहरुको लागि महत्त्वपुणर् भएको र आजको युग प्रविधिको युगमा हाम्रा कला संस्कृतिहरु लोप हुदै गएको र त्यसलाई यस्तै कार्यक्रमहरु गरेर हाम्रा कला संस्कृतिलाई जोगाउनु पर्नेमा जोड दिनु भयो ।
हाम्रो देश कृषि प्रदान देश भएकोले हामी परम्परागत रुपमा गदै आएको कृषिलाई आधुनिकिकरण जोडेर अर्गानिक कृषि तर्फ जोड्ने र त्यसलाई बजारीकरण गर्ने र त्यसलाई पयटन जोडेर अगाडी बढ्न सकिने उहाँले बताउनुभयो । यो कार्यक्रम रसुवा जिल्लामै पहिलो पटक भएकोले आगामी वर्ष पनि यस्तै धान दिवस,मकै दिवस,कोदो दिवस मनाउन सकियो भने हाम्ले हाम्रा रैथाने बालिहरुको संरक्षण गर्दै हाम्रो मौलिक संम्पदा,मौलिक रितिरीवाजलाई आगामी पुस्तामा रुपान्तरण गर्दै अगाडी बड्न सक्ने कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बताउनुभयो ।
वेठी रोपाईलाई संरक्षणका लागि पञ्चेवाजा सहित यो दिवस मनाइएको रेडियो लाङटाङका अध्यक्ष सोहम सुवेदीले बताए ।यस्ता कार्यक्रमहरुले कृषकमा उत्साह थप्ने भएकोले आगामी दिनमा पनि स्थानिय सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने रेडियोलाङका अध्यक्षको भनाई छ ।
कार्यक्रममा स्थानीय भजन,बाजा,घासे गित र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको व्यजोड प्रस्तुति रहेकोे थियो ।
सोहि अवसरमा धर्म संस्कृति संरक्षण तथा संवद्र्धनमा हाम्रो पाइलो,खैजडी मुरा मृदंगासँगको जीवन नै रमाईलो, भन्ने नाराका साथ राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति,रसुवाको प्रथम जिल्ला अधिवेशन पनि सम्पन्ने भएको छ । प्रथम जिल्ला अधिवेशनबाट ३५ सदस्यीय कार्यसमिति चयन गरीएको छ ।
जसअन्तरगत अध्यक्षमा रेसम बहादुर लामिछाने,निर्वतमान अध्यक्षमा प्रेम बहादुर पनेरु,खुल्ला उपाध्यक्षमा यदुनाथ घिमिरे,महिला उपाध्यक्षमा सुमित्रा तामाङ,सचिवमा गिता न्यौपाने,सह सचिवमा लाल प्रसाद अधिकारी,कोसाध्यक्षमा भवनाथ पौडेल,सह कोसाध्यक्षमा अप्सरा आर्चाय,सदस्यहरुमा सरस्वति पौडेल,यकराज खतिवडा,पुष्पराज न्यौपाने,सादुराम न्यौपाने,नेत्र प्रसाद पौडेल,छविलाल आर्चाय,रत्न प्रसाद पौडेल,गिता न्यौपाने,चिरनजिवि पौडेल,चन्द्रनाथ घिमिरे,मिन नाथ खतिवडा,चुत्र कुमारी न्यौपाने,दिलमाया लमिनि,रोम प्रसाद न्यौपाने,उसामाया न्यौपाने,हरि प्रसाद न्यौपाने,कृष्ण प्रसाद पौडेल,गोमा पौडेल,तमिल बहादुर पनेरु,कमल बहादुर पनेरु,लक्ष्मी पौडेल,निलनाथ पौडेल,यसोदा पौडेल,राधिका पौडेल,गंगादेवि पौडेल,सन्जय तामाङ,भुमिनन्द न्यौपाने र पार्वति देवकोटा निवाचित हुनु भएको छ ।