बिहिबार, अशोज १७, २०८१ | Thursday 3rd October 2024
जोडिनुहोस

नुवाकोटको लिखु गाउ पालिका ४२ करोड ७१ लाख रुपैयाँको अनुमानित बजेट

  • लाङटाङ न्युज सोमवार, असार ११, २०८१ | June 24, 2024

सौजना थापा,
चौघडा , नुवाकोट
नुवाकोटको लिखु गाँउपालिकाको १५ अधिवेशन मार्फत आगामी आर्थिक वर्षको लागी नीति तथा कार्यक्रम सहित ४२ करोड ७१ लाख रुपैयाँको अनुमानित बजेट सभाबाट पारित भएको छ ।

क्षेत्रपाल माबिको सभाकक्षमा आइतबार बसेको अधिवेशनले गाउ पालिका सभाध्यक्ष एंव गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठले दिएको अनुमतिमा उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेतीले आगामी आर्थिक बर्ष ०८१

/०८२कोे लागी नीति तथा कार्यक्रम र सोहीको आधारमा ४२ करोड ७१ लाख ९३ हजार ६५० रुपैयाँको अनुमानित बजेट पेश गर्नुभएको हो ।
उपाध्यक्षले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सभाबाट सर्वसम्मत पास भएको छ । उहाँले ल्याउनु नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, सुशासन तथा सरकारी सेवा प्रवाहको सुधार, पूर्वाधार निर्माण लगायतमा प्राथमिकता दिइएको छ ।

यस्तै, सभामा उपाध्यक्षले पेश गरेको आर्थिक विधेयक, न्यायिक समितिको प्रतिवेदन २०८१ पनि सर्वसम्मत पास भएको छ लिखु गाउ पालिकाले जनाएको छ ।आगामी आर्थिक वर्षमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रलाई प्राथमिकता दिइएको जनाएको छ । नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले , सुचीकरण भएका किसानहरुलाई परिचयपत्र वितरण गर्ने,मकै उत्पादन च्याउ खेती प्रवद्र्धन र तरकारीबाली वृद्धिका लागि कार्यक्रम ल्याइनुका साथै केन्द्र सरकार तथा गाउँपालिकाको लागत साझेदारीमा लिखु ४ चौघडामा गोदाम घर निमाणर् गर्ने भएको छ । यस्तै विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट शुल्क लिन प्रतिबन्ध लगाएको छ भने सामुदायक विद्यालयमा बस व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिने जनाएको छ भने कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरु अनुदानलाई बजेटमा राखिएको छ ।
सभामा उठेका नीति तथा कार्यक्रम र बजेटको जवाफ उपाध्यक्ष शुभद्रा उप्रेतीले दिनुभएको थियो भने शुन्य समयमा उठाइएको प्रश्नको जवाफ अध्यक्ष धुव्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकत नारायणबहादुर विष्टले दिनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना