रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ। गंगा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन्।असार २ गते सम्म चल्ने गङ्गा दशहरा पर्वको विशेष मेलाका लागि भक्तजन निलाद्री पर्वतको उकालो चढ्न थालिसकेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
गोसाइँकुण्डमा स्नान र पूजाआराधना गर्नाले भगवान् शिवको आशीर्वादबाट सबै भक्तजनको मनोकांक्षा पूरा हुने र अन्जानमा गरेका सबै पाप मोक्ष हुने धार्मिक मान्यता रहिआएको छ ।