नेपाल कम्युनिस्ट पार्टी (एमाले) नुवाकोट जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशन यही जेठ २२–२४ गते हुने भएको छ । जिल्ला कमिटीको १२औँ पूर्ण बैठकले पार्टी जिल्ला अधि वेशनको खुल्लासत्र लिखु गाउँपालिकाको ढिकुरे बन्दसत्र विदुर नगरपालिका– ४ बट्टारस्थित बाजेको सेकवामा गर्ने निर्णय गरेको छ ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वपधानमन्त्री केपी शर्मा ओलीले गर्ने एमाले नुवाकोटले जनाएको छ ।अधिवेशनमा जिल्लाका भूगोल, जनबर्गीयगठन र विधानबमोजिमका निकायबाट करिब ६ सय प्रतिनिधिको सहभागिता रहने जानकारी पार्टी
जिल्लाअध्यक्ष बदी प्रसाद मैनालीले दिए