शुक्रबार, असार ८, २०८१ | Friday 21st June 2024
जोडिनुहोस

क्रिकेटर सन्दिपलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

  • लाङटाङ न्युज बुधबार, बैशाख २६, २०८१ | May 8, 2024
क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरे

काठमाडौं,२६ बैशाख । क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।
सन्दीपलाई न्याय दे लगायतका नारा लगाउँदै स्वतन्त्र युवाहरूको समूहले प्रदर्शन गरेका हो । सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍याली समेत निकालेका थिए ।

उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् । यसअघि मंगलबार लामिछानेले आफूलाई फसाइएको दाबी गर्दै मध्यरातमा पीडायुक्त स्टाटस लेखेका थिए । सन्दिपको मुद्दाको पेशी तोकिएपनि पटक पटक सुनुवाई

सर्दै आएको छ । क्रिकेटप्रेमीहरुले सन्दिपलाई षड्यन्त्रपुर्वक फसाइएको तर्क गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना