बिहिबार, अशोज १७, २०८१ | Thursday 3rd October 2024
जोडिनुहोस

मुलुकको समृद्धिको लागि नेकपा एमालेले आगामी सरकारको नेतृत्व गर्ने अध्यक्ष केपी शर्मा ओलीको भनाई

  • लाङटाङ न्युज शनिबार, बैशाख २२, २०८१ | May 4, 2024
रसुवाको ९ औ जिल्ला अधिबेशन उदघाटन गर्दे नेकपा(एमाले)का केन्द्रिय अध्यक्ष खड्ग प्रसाद ओली

पूर्व प्रधानमन्त्री एवं नेकपा(एमाले )अध्यक्ष केपी शर्मा ओलीले लामो संक्रमणमा गुज्रेको मुलुकको समृद्धिको लागि नेकपा एमालेले आगामी सरकारको नेतृत्व गर्ने बताउनु भएको छ ।
नेकपा एमाले रसुवाको ९ औ जिल्ला अधिबेशन उद्घाटन कार्यक्रममा पूर्वे प्रधान मन्त्रि ओलीले आफुले सरकारको नेतृत्व गरेको समयमा थालेको अधुरा योजना पुरा गर्न अबको निर्वाचनमा नेकपा एमालेले देशको नेतृत्व लिने यसका लागि मिसन ८४ को अभियान सुरु गरेको उहाले बताउनु भयो ।

उहाले संभावना बोकेको रसुवामा रसुवामा

पर्यटकीय क्षेत्र गोसाइकुण्ड केबुलकार चल्छ र चलाउने हो । अध्यक्ष ओलीले केरुङ-काठमाण्डौ -रक्सौल रेलमार्गको अवधारणा पुरा गर्ने बताउनु भयो ।नेकपा एमाले रसुवाको ९ औ जिल्ला अधिबेशन उद्घाटन गर्दै उहाले स्थानीय सरकारले युवालाइ अवसर प्रदान गर्नुपर्ने र युवाहरुलाइ सामाजिक बिकृति र बिसंगती अन्त्य गरी सभ्य समाज निर्माणमा लाग्न आग्रह गर्नु भयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्रीका लागि दमको विरामी जस्तै हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गर्नु भएको छ ।एमाले रसुवाको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुन आँटेकाले अरुले आफुलाई मन नपराएको समेत थाहाँ नपाएको बताउनु भयो ।

अहिले पनि तपाईंहरुले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर परेको छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो थहाँ नपाएको ? ओलीको भनाइ छ ।

केही दिन अघि समाजवादीका अध्यक्ष माधब कुमार नेपालले पार्टी निकट अनेमासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री हुन लाग्यो भनेर केहीलाइ भतभति पोलेको बताउनु भएको थियो । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। तिनिहरूलाई पोले पोलोस्। दनदनी आगोले पोलिदियोस्,’ नेपालले भन्नुभएको थियो ।नेपालको सोही टिप्पणी्प्रति लक्षित प्रतिक्रिया दिदै ओलीले नेपालको प्रधानमन्त्री बन्ने चाहाँना सोम शर्माको सातुको कथा सँग तुलान गर्दै प्रधानमन्त्री हुने चाहाना सपना मात्र रहेको बताउनुभयो ।

ओलीले संवोधनको क्रममा भन्नु भयो ”मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस गर्‍यो ? किन रिस गर्‍यो ? हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अलि घाम लागेको नि फुट्थ्यो पानी आएपनी फुट्थ्यो ।
एमाले रसुवाको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन सत्रमा उहाँले एमालेलाई राष्ट्रयि एवम् निणार्यक शक्तिको रुपमा स्थापति गराउन आवश्यक छ भन्नुभयो ।उहाँले भन्नुभयो “मसिन ८४ मार्फत् पार्टीलाई निणर्यक शक्तमिा पुर्‍याइने छ । यसका लाग िपार्टीलाई बलयिो बनाउनुपर्छ । उहाले रसुवाको ५ वटै पालिकामा एमाले नेतृत्व लिन सक्ने गरि काम गर्ने एमालेका रसुवाका नेतृत्वलिने योजना साथ काम गर्ने आग्रह गर्नु भयो ”।

कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले संभावना सभावना बोकेको रसुवाको बिकास निर्माणमा संघीय सरकारले पुरा गर्ने बताउनु भयो । उदघाटन समारोहमा नेकपा एमालेका केन्द्रिय नेता , डा पृथ्वी सुव्वा ,उमा कोईराला ,माधव अर्याल ,प्रेम तामाङ,नेकपा (एमाले)बागमति प्रदेशका अध्यक्ष कैलाश ढुगेल , एमाले जिल्ला ईन्चार्ज सोम मिश्र लगायत नेताहरु सहभागीता रहेको थियो । अध्यक्ष ओली तथा रक्षामन्त्री उप्रेतीले धार्मिक पर्यटकीय क्षेत्र गोसाइकुण्डको भ्रमण सकेर अधिबेशन उद्घाटन गर्नु भएको थियो । नेता ओलीलाइ कार्यकर्ताले स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीमा योगदान गर्ने सुब्वा लामा, छोवाङ तेन्जीन लामा,कुल प्रसाद भट्ट , सविधान सदस्य जर्नादन ढकाल, प्रेम तामाङ, तेम्रेल तामाङ , तथा कार्यकर्तालाइ सम्मान गरिएको थियो । कार्यक्रममा पाँचवटै गाउँपालिकाबाट बिभिन्न साँस्कृतिक झाँकी प्रर्दशन गरिएको थियो ।
नेकपा जिल्ला जिल्ला उपाध्यक्ष एवं ९ औ अधिबेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुबेदीका अनुसार गत १५ गते रसुवा जिल्लाभरका वडा कमिटी र जनबर्गिय संगठनबाट अधिबेशन प्रतिनिधी छानिएर अधिबेशनमा सहभागी छन्।

जिल्लाभर कुल ३ हजार १ सय ९ जना सदस्य रहेका छन् । पाँचवटै पाउँपालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिसत, महिला ३३ प्रतिसत गरी अधिबेशनमा ३ सय ९० जना प्रतिनिधी मतदाताका रूपमा सहभागी हुने छन् । बन्द सत्र भने भोली (आईतवार) मात्र सुरु हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना