हात्ती पाइलो रोगको संक्रमण रोग विरुद्धको औषधि खुवाउने अभियान रसुवमा वैशाख १६ गतेबाट शुरु हुने भएको छ ।जनस्वास्थ्य कार्यालय रसुवाले आज धुन्चेमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउनका लागि सबै प्रकारको तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।।
१६ गतेबाट शुरु भएर वैशाखको ३० गतेसम्म चल्ने सो कार्यालयले जानकारी दिँदै औषधिहरू सबै पालिकाहरूमा पठाई सकेको जनस्वास्थ कार्यालय रसुवाले जनाएको छ । नेपाल सरकारले हात्ती पाईले
रोगको संक्रमण देखा परेका जिल्लाहरूमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा औषधि खुवाउन लागेको हो
जनस्वास्थ्य कार्यालय रसुवाका जनस्वास्थ्य अधिकृत भिमसागर गुरागाईका अनुसार २०८१ बैशाख १६ गतेदेखि २२ गतेसम्म नियमित रूपमा तालिम प्राप्त स्वास्थकर्मिहरूले सन्चालन गर्ने र घर नजिकैको वुथमा अौषधि खुवाईन्छ । अौषधि छुटफुट हुन सक्ने सम्भावनालाई मध्येनजर गरि बैशाख ३० गतेसम्म सन्चालन गरिने छ ।
हात्तीपाइले (फाईलेरिया) रोग मानिसलाई नराम्रोगरी शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । संक्रमण गराउने यस्ता परजिबी तीन प्रकारका हुन्छन्– जनस्वास्थ अधिकृत भिम सागर गुरागार्ई ले भने – लामखुट्टेको टोकाइवाट लाग्ने हात्तीपाइलेमा उचेरेरिया वान्क्रोटी ९० प्रतिशत, व्रुजिया मालायी र वु्रजिया टिमोरी १० प्रतिशत संक्रमण हुन्छ । नेपालमा हात्तीपाइले रोग उचेरेरिया, बाँन्क्रोटी नामकोपरजिवीद्वारा मात्र लाग्ने गरेको पाइएको छ ।
पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब ६ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार ६ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने जनस्वास्थ जनस्वास्थ्य अधिकृत भीमसागर गुरागाईले जानकारी दिए ।
उनका अनुसार हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ ।
महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नुपछि अपाङ्गतासमेत हुँदा सामाजिक र मानसिकरूपमा पनि असन्तुलित हुनसक्ने जनस्वास्थ्य अधिकृत भीमसागर गुरागाईको भनाइ छ ।
पूर्ण रुपमा औषधि सुरक्षित रहेको बताउँदै स्वास्थ्य कार्यालय रसुवका जनस्वास्थ्य अधिकृत भिमसागर गुरागाईले जानकारी दिनु भएको छ । एक जनाले नौ चक्की औषधि खानु पर्नेछ । औषधि आएपछि हात्ती पाईले रोग लागेकाहरूबाट सर्ने सम्भावना ९६ प्रतिशतले न्यून हुने भएको छ ।
हात्ती पाईले रोग विरुद्धको औषधि २ वर्ष मुनिको बालबालिका, दीर्घ रोगी, गर्भवती महिला तथा ७ दिनको सुत्केरी महिलाले खान नहुने पनि स्वास्थ्य कार्यालय प्रमुख गुरागाईले जानकारी दिनु भयो । औषधि खुवाउनका लागि सबै स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यका कर्मचारीहरूलाई परिचालन गरिइएको छ ।