आज वैशाख १३ गते नुवाकोटको प्रसिद्ध भैरवी मन्दिरमा सिन्दूरे जात्रा मनाइँदै छ । सिन्दुरे जात्रा भनिने यो जात्रा नुवाकोटको सबैभन्दा धेरै दिन लाग्ने ठूलो पर्व समेत हो ।
नुवाकोटको भैरवी मन्दिर र देवीघाटको जालपामन्दिरमा लाग्ने मेला चैत शुक्ल पूर्णिमाको तिथिमा लाग्ने मेलाको पूर्व सन्ध्यामा साँझ भैरवी मन्दिर र गुह्रेपाटीमा सल्लाको लिङ्गो उठाइएको थियो ।
धामिजात्रा पनि भनिने सिन्दुर जात्राको प्रारम्भिक प्रक्रिया १५ दिन अघि खानीगाउँ को नारायणदेवी उच्चमावि नजिकै पुजा अर्चना गरेपछि सुरु हुने गर्दछ । भैरवी