नुवाकोट ।नुवाकोटको पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले वृहत साँस्कृतीक कार्यक्रम गरेको छ । नुवाकोटको ऐतिहासिक सिन्दुरे जात्राको अवसरमा विदुर नगरपालिका वडा नम्बर ५ देवीघाटमा विभिन्न कलाकारहरुको प्रस्तुती सहित कार्यक्रम भएको हो ।

कार्यक्रममा कलाकारहरु शिवनारायण जोशी, दलबहादुर डँगोल, दामोदर खतिवडा, उद्धव कार्की, जनक लामा, अर्चना स्याङ्ताङ, कोपिला वाईबा तामाङ, ईन्द्र तामाङ लगायतका कलाकारहरुले विभिन्न साँस्कृतीक प्रस्तुती