बिहिबार, अशोज १७, २०८१ | Thursday 3rd October 2024
जोडिनुहोस

रसुवाको धैवुङमा ५ दिने मन्टेश्वरी तालिम सुरु

  • लाङटाङ न्युज बुधबार, बैशाख ५, २०८१ | April 17, 2024

कालिका गाउ पालिकावडा नम्वर २ को सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षकहरुको लागि मगलवारवाट पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सुरु भएको छ। कालिका हिमालय माबिको आयोजना गरेको बिद्यालयका प्र.अ . राधा पाण्डेले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा कालिका गाउ पालिका वडा नम्वर २का वडा अध्यक्ष उमेश वाहादुर न्यौपानेको सभापतित्वमा भएको थियो। कालिका गाउ पालिका वडा नम्वर २ भित्रका सामुदायिक विद्यालयका २६ जना बाल बिकास शिक्षकहरुको

सहभागीता रहेको तालिमलाइ बाल बिकास बिषेशज्ञ प्रनिशा पाण्डेले सहजीकरण गरिरहनु भएको छ ।

रसुवाको धैवुङको कालिका हिमालय माबिमा चलिरहेको तालिम बैसाख १० गतेसम्म चल्ने छ ।तालिम उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष हरिकृण्ण देवकोटाले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षा देखी पठनपाठन गराउदा बालबालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै हरेक सामुदायिक विद्यालयले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाकोे शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना भएको उहाको भनाई थियो । तेसैगरि कालिका गाउपालिका वडा नम्वर २ का वडा अध्यक्ष उमेश वाहादुर न्यौपानेले सिकाईलाई प्रभावकारी वनाउन अनुरोध गरेका थिए । उहाले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सके मात्र उपलव्धी हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना