आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।
स्थानिय संस्कृतिविद् पुरुषेत्तम पौडलका अनुसार रामचन्द्र भगवान जन्मदिन भएकाले
यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।
रसुवाको उत्तरगया गाउपालिका वडा नम्वर ५ बेत्रावती “उत्तरगयाधामको रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, त्रिशुली नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।”