रसुवा - आर्थिक वर्ष २०७९ साउनदेखि माघमसान्तसम्म पालिकाको विभिन्न बिषयगत शाखाको सम्पादित तथा सवालको लागि उत्तरगया गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
रेडियो लाङटाङले सहजीकरण गरेको कार्यक्रममा सम्पुर्ण योजनाको रकम, कार्य प्रगति, हुन नसकेको कामका वडाबाट उठेको राजश्व खर्च भएको विवरण लगायत गाउँपालिकामा खाद्य, शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालबालिका अधिकारको विषयमा सरोकारवालाहरूसँग सार्वजनिक सुनवाईका विषयमा प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारीले जानकारी दिए ।