रसुवा - धुञ्चेमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी एकदिने विस्तृत अध्ययन कार्यशाला गोष्ठी भएको छ । जलवायु परिवर्तनले कृषि र खाद्य सुरक्षामा परेको प्रभावको बारेमा सूचना संकलनको लागि उक्त कार्यक्रम गरिएको जनाएको छ ।
राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग र जिल्ला समन्वय समिति रसुवाको समन्वय एवं संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा बिहिबार धुन्चेमा कार्यशाला गोष्ठी भएको हो ।