बिहिबार, अशोज १७, २०८१ | Thursday 3rd October 2024
जोडिनुहोस

कालिका गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न (फोटो फिचरसहित)

  • लाङटाङ संवाददाता सोमवार, फाल्गुन ३०, २०७८ | March 14, 2022

कालिकास्थान - रसुवा जिल्लाको कालिका गाउँपालिकाले शनिबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७४/०७५ देखि चालुआर्थिकवर्ष २०७८/०७९ को माघ महिना अवधिमा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी अध्यक्ष सीताकुमारी अधिकारी | फोटो सुनील श्रेष्ठ

कालिका हिमालय क्याम्पस

परिसरमा भएको कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष सीताकुमारी अधिकारीले समग्र पालिका तथा गाउँपालिकाभित्र बसोबास गर्ने व्यक्तिको हित प्रबर्द्धन गर्ने उद्देश्यले गाउँपालीकाले नीति नियमको तर्जुमा गर्ने तथा कार्यान्वयन, स्रोत साधनको व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा कार्य गर्दै आईरहेको बताईन् । साथै अध्यक्ष अधिकारीले गाउँपालिकाबाट दैनिक भ्रमण, अनुगमन तथा मूल्यांकन लगायत विभिन्न शिर्षकमा बैकिङ कारोबारबाट मात्र पारिश्रमिक भत्ता बुझेको बैकिङ विवरणसहित शिर्षगत विवरण सार्वजनिक गरेकी थिईन् ।

kalika rural municipality vice chairman bhawani prasad neupane
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने | फोटो सुनील श्रेष्ठ

कार्यक्रममा नेपाली काँग्रेसका रेवकुमार पौडेल, नेकपा एमालेका भरतप्रसाद न्यौपाने, नेकपा एकीकृत समाजवादीका विष्णु देवकोटा, जनता समाजवादीका कृष्णबहादुर तामाङलगायतले गाउँपालिकाले प्रदान गर्दै आईरहेको सेवा प्रवाहबाट नागरिक सन्तुष्ट रहेको बताए ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कालिका गापाका स्वास्थ्य शाखाका प्रमुख नवराज न्यौपाने

कार्यक्रममा विषयगत शाखाका प्रमुखहरुले आआफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

सहभागीहरुले चारवर्ष १० महिना कार्यकालको स्वास्थ्य, कृषि, पशु, शिक्षा लगायतको सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कालिका गापाका प्रमुख प्रशासकिय अधिकृत वाचस्पति सुनुवार

सहभागीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत वाचस्पति सुनुवारको साथै कार्यपालिकाका विषयगत शाखाका प्रमुखले दिएका थिए ।

कालिका गाउँपालिकाकाको आयोजनामा तथा रेडियो लाङटाङको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधीहरु, जिल्ला समन्वय समितिका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

कोरोना