नुवाकोट - राष्ट्रिय जनगणना २०७८ अन्तर्गत केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक जनगणना नतिजा अनुसार रसुवाको जनसंख्या जनसंख्या ४५ हजार ५ सय ५४ पुगेको छ ।
राष्ट्रिय जनगणना २०६८ मा रसुवाको जनसंख्या ४३ हजार ३ सय रहेकोमा २ हजार २ सय ५४ जनसंख्या नया थपिएका हुन् । केन्दिय तथ्याङ विभागका अनुसार रसुवाको जनसंख्या शुन्य दशमलव ४९ प्रतिशतले जनसंख्या बृद्धि भएको छ ।