रसुवा - लामटाङ राष्ट्रिय निकुञ्जकाे कार्यालयले निकुञ्जभित्र वन्यजन्तुहरूले क्षति पुर्याएका परिवारलाई राहत वितरण गरेकाे छ ।
निकुञ्जकाअनुसार गत साउनदेखि हालसम्म ४८ लाख १६ हजार ६ सय ५५ रूपैयाँ राहत प्रदान गरेकाे छ । राहत मध्ये भालुकाे आक्रमणबाट मानव उपचार खर्चमा सात लाख ९६ हजार ६ सय ५५ रुपैंयाँ, अन्नबालीतर्फ ३४ लाख २२ हजार रूपैयां एवम् पाल्तु चाैपाया नाेक्सानतर्फ पाँच लाख ९८ हजार प्रदान गरिएकाे बताईएकाे छ ।