रसुवा - कालिका गाउँपालिका वडा नम्बर १ स्थित ग्राङ आधारभुत विद्यालयमा शिक्षककाे अभाव भएकाे भन्दै अभिभावकहरुले गाउँपालिकामा रहेकाे शिक्षा शाखामा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।
शिक्षक अभावले आफ्नो बालबालिकाको भविष्यमाथि खेलबाड गरेको भन्दै छनग्राङ क्षेत्रका अभिभावक र स्थानिय युवाहरूले संयुक्त रूपमा शिक्षा शाखामा तालाबन्दी गरी गाउँपालिकालाई माग पुरा गर्न पत्र बुझाएका हुन् ।
आधारभूत तहसम्मकाे सम्पुर्ण दरबन्दी तीन दिनभित्र पूरा हुने गरि शिक्षक