रसुवा - जनैपूर्णिमा मेलामा घाईते भक्तालुहरुलाई उद्वार गरेकोमा नागरिक समाज रसुवाले जिल्लाका सात राष्ट्र सेवकलाई सम्मान गरेका छन् ।
सम्मानित हुनेमा रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल, नेपाली सेना विष्णुदल गणका गणपति प्रमुख सेनानी नरेश केसी र जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डे रहेका छन् । यस्तै, सम्मानित हुनेमा सशस्त्र प्रहरी २० नम्बर गुल्मका गुल्मपति लबकुमार सापकाेटा, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा